Kathmandu Press

नेपाल समूहको एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ‘खुला किताब’

नेकपा एमाले विभाजित भएर नयाँ दल नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ। नयाँ पार्टीको चुनाव चिह्न खुला किताब राखिएको छ।
नेपाल समूहको एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ‘खुला किताब’

काठमाडौं, भदौ २ : नेकपा एमाले विभाजित भएर नयाँ दल नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।

नयाँ पार्टीको चुनाव चिह्न खुला किताब राखिएको छ ।

करिब सात महिना लामो विवादपछि अन्ततः प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएको हो । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ गठन भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले विभाजित भएको हो । अध्यादेशमा पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याएर पार्टी विभाजन गर्न सकिने उल्लेख छ ।

अध्यादेशसँगै पार्टी फुटाउन सहज भएपछि नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोग पुगेको हो ।

प्रकाशित मिति: १६:१९ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्