प्रदेश ३ का योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा
हेटौंडा, असार ३१ : प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले राजीनामा दिएका छन्।
उनले व्यक्तिगत कारण देखाई पदबाट राजीन....

हेटौंडा, असार ३१ : प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले राजीनामा दिएका छन्।
उनले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हुन्। कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको उनको भनाइ छ।
मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई विश्वास गरेर सुम्पेको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको उनले बताए।
आफूले गरेको कामको चर्चा गर्दै समयमै आधारपत्र तयार पारेको, प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको बताए।
बाहिर बसेर अध्ययन बढाउनुपर्ने भएकाले राजीनामा दिएको उनको भनाइ छ।
प्रकाशित मिति: १०:१४ बजे, मंगलबार, असार ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











