भाजपा नेता डा. उपाध्याय भन्छन् : मोदी र देउवाले छिट्टै एकअर्को देशको भ्रमण गर्ने
काठमाडौं, भदौ २ : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. दिनेश उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने जनाएका...
काठमाडौं, भदौ २ : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. दिनेश उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने जनाएका छन् । नेपालबाट पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुने उनले बताए ।
बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा फेरि पनि आउनुहुन्छ, यसअघि पनि उहाँ धेरै पटक आउनुभएको छ । मलाई लाग्छ, उहाँको फेरि नेपाल भ्रमण हुन सक्छ । पहिले पनि मोदी नेपाल आउनुभएकै हो।
उनले अगाडि भने, ‘नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाजी पनि भारत भ्रमणमा जानुहुन्छ होला।’ यद्यपि मोदीले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो दिएको वा नदिएको भन्ने आफूसँग सूचना नभएको स्पष्ट पारे।
उनले आफू भगवान् पशुपतिनाथको दर्शन गर्न आएको बताए। उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने दाबी गरे ।
‘नेपाल र भारतबीच जनस्तरमा बहुआयामिक सम्बन्ध छ । भारतमा राम मन्दिरको निर्माण भइरहेको छ । राम मन्दिर सरकारको विषय होईन । राम मन्दिर आस्थाको विषय हो । भगवान पशुपति पनि आस्था हो । नेपालमा सनातन धर्म हुनुपर्छ,’ उनले भने।
उनले नेपालका राजनीतिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पारे। ‘नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध छ, मित्रताको सम्बन्ध छ । एकअर्का देशले सल्लाह मागे दिनुपर्छ । तर, नेपाल-भारत द्विपक्षीय सम्बन्धमा कुनै असमझदारी छैन।’
नेपाल सरकारले राम्रो काम गरिरहेको उनले बताए । नेपालकाे उन्नति र प्रगति भारतको चाहना भएको उनको भनाइ थियो।




-1789386172.jpg)




-1789386172.jpg)

