Kathmandu Press

सात महिना लामो विवादपछि फुट्यो एमाले, नेपालको नेतृत्वमा एमाले समाजवादी गठन

करिब सात महिना लामो विवादपछि अन्ततः प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ गठन भएको छ।
सात महिना लामो विवादपछि फुट्यो एमाले, नेपालको नेतृत्वमा एमाले समाजवादी गठन

काठमाडौं, भदौ २ : करिब सात महिना लामो विवादपछि अन्ततः प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ गठन भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले विभाजित भएको हो । अध्यादेशमा पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पु¥याएर पार्टी विभाजन गर्न सकिने उल्लेख छ ।

अध्यादेशसँगै पार्टी फुटाउन सहज भएपछि नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगको ढोका ढकढक्याउन पुगेको छ ।

प्रकाशित मिति: १५:४८ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्