निर्वाचन आयोगमा नेपाल समूह, आयुक्तहरूसँग छलफल
काठमाडौं, भदौ २ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही नेताले निर्वाचन आयोग पुगेर आयुक्तहरूसँग छलफल गरेका छन्।सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...
काठमाडौं, भदौ २ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही नेताले निर्वाचन आयोग पुगेर आयुक्तहरूसँग छलफल गरेका छन्।
सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेलगत्तै नेपाल समूहका एमाले नेता राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायत बुधबार अपराह्न आयोगको कार्यालयमा पुगेर करिब १५ मिनेट छलफल गरेको बुझिएको छ।
उनीहरुले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नयाँ पार्टी दर्ताका लागि आज तयारी नपुगेको बताएका छन्।
आज जारी राजनीतिक दलसम्बन्धी अध्यादेशमा कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सकिने उल्लेख छ।
अध्यादेशले जसपाको आधिकारिकता नपाएर अलपत्र परेका नेता महन्थ ठाकुर र विभाजनको सँघारमा रहेका एमालेमा संघर्षरत नेपाल समूहलाई नयाँ पार्टी निर्माणर्थ बाटो खुलेको राजनीतिक विश्लेषण गरिएको छ।




-1789386172.jpg)




-1789386172.jpg)

