आफूहरूमाथिको कारबाही रोक्न माग गर्दै नेपाल समूह संसद सचिवालयमा (पत्रसहित)
काठमाडौं, भदौ २ : आफूहरूमाथिको कारबाही रोक्न माग गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह संसद सचिवालयमा जाने भएको छ।एमालेले नेता नेपालसहित सो...
काठमाडौं, भदौ २ : आफूहरूमाथिको कारबाही रोक्न माग गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह संसद सचिवालयमा जाने भएको छ।
एमालेले नेता नेपालसहित सो समूहका १४ सांसदलाईपदमुक्त गर्न भनी पठाएको पत्र कार्यान्वयन नगर्न माग राख्दै संयुक्त
निवेदनसहित संसद सचिवालयलाई गुहार्न लागेको जनाइएको छ।
आज (बुधबार) नेपाल समूहको बैठक अर्याल होटेलमा बसेको थियो। बैठकले पार्टीले गरेको कारबाहीलाई अवैधानिक र पार्टी विधानविपरीत भएको निष्कर्ष निकालेको छ।
त्यसकारण त्यस किसिमको कारबाही रोक्नुपर्ने माग राख्ने तयारी नेपाल समूहले थालेको हो।


(
प्रकाशित मिति: १४:५४ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

