माथिल्लोे तामाकोसीका सबै युनिटबाट विद्युत् उत्पादन सुरू
काठमाडौं, भदौ २ : माथिल्लोे तामाकोसी जलविद्युत् आयोजनाका सबै युनिट पूर्ण रूपमा सञ्चालनमा आएका छन्। ४५६ मेगावाटको सो जलविद्युत् आयोजनाको छैटौं युनिट मंगलबार सञ्चालनमा...
काठमाडौं, भदौ २ : माथिल्लोे तामाकोसी जलविद्युत् आयोजनाका सबै युनिट पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
४५६ मेगावाटको सो जलविद्युत् आयोजनाको छैटौं युनिट मंगलबार सञ्चालनमा आएसँगै विद्युत् उत्पादन पूर्ण रूपमा हुन थालेको हो।
आयोजनाको पहिलो युनिट असार २१ गते सञ्चालनको आएको थियो। दोस्रो युनिट असार २९ गते, तेस्रो साउन ८, चौथो साउन १८ र पाँचौं युनिट साउन २६ गते सञ्चालन गरिएको हो।
उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको अयोजनाले जनाएको छ।
प्रकाशित मिति: १४:२७ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1789386172.jpg)




