Kathmandu Press

नेपाल समूहको पार्टीको नाम नेकपा एमाले (समाजवादी)

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) तय गरेको छ।
नेपाल समूहको पार्टीको नाम नेकपा एमाले (समाजवादी)

काठमाडौं, भदौ २ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) तय गरेको छ ।

नयाँ पार्टीका लागि आधा दर्जन नाममा छलफल गरिरहेको उक्त समूहले एमाले (समाजवादी) नाम टुंगो लगाएको नेता मेटमणि चौधरीले जानकारी दिए ।

उक्त समूह बुधबार नै नयाँ पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग जाने तयारीमा छ ।

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्