Kathmandu Press

 ७५३ स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन 

काठमाडाैं, असार ३० : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन....

 ७५३ स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन 

काठमाडाैं, असार ३० : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ। 

अहिले देशका विभिन्न ठाउँमा बाढी, पहिरो, डुबानले उद्धार र राहत कार्यक्रम तत्काल गर्नुपर्ने भएकाले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालय छाडेर कतै नजान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए।

मन्त्रालयले विपद्को सयममा कतिपय स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत कार्यालयमा उपस्थित नभएका र सो कारणले स्थानीय तहबाट हुने खोज तथा उद्धार, तत्कालीन राहत तथा शीघ्र पुनःलाभका काममा बाधा परेको भन्ने गुनासो मन्त्रालयमा आएकाले कार्यालय छाडेर कतै नगई राहत र उद्धारमा सहयोग गर्न निर्देशन दिएको छ। 
    
केही दिनदेखि मुलुकमा अविरल वर्षाका कारण मानवीयसहित ठूलो जनधनको क्षति पुगेको छ। निर्देशनमा विपद्को प्रभावकारी र समन्वयात्मक ढङ्गले व्यवस्थापन गर्न सबै प्रमुख प्रशासकिय अधिकृतले आ–आफ्नो स्थानीय तह नछाड्न तथा कुनै कारणले कार्यालयमा उपस्थित नभएको भए २४ घण्टाभित्र कार्यालयमा उपस्थित भई कामकाज गर्न भनिएको छ। रासस

प्रकाशित मिति: १९:३८ बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्