महन्थ ठाकुरको दलको नाम जसपा लोकतान्त्रिक, केन्द्रीय कार्यकारिणी २४ सदस्यीय
जसपाको आधिकारिकता नपाएपछि दलविहीन बनेको महन्थ ठाकुर समूहले राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जसपा लोकतान्त्रिक नाममा पार्टी दर्ता गर्ने तयारी गरेको छ।
काठमाडौं, भदौ २ : जसपाको आधिकारिकता नपाएपछि दलविहीन बनेको महन्थ ठाकुर समूहले राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जसपा लोकतान्त्रिक नाममा पार्टी दर्ता गर्ने तयारी गरेको छ ।
ठाकुर पक्षका एक नेताका अनुसार पार्टीको नाम, विधान, नियमावलीलगायत सबै कागजात तयार भइसकेका छन् । बुधबार नै निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गर्ने तयारी रहेको उनले जानकारी दिए ।
पार्टीको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ । ठाकुरको नेतृत्वमा तत्काल २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति तथा शरतसिंह भण्डारी र राजेन्द्र महतोलाई वरिष्ठ नेताको पद दिएर पार्टी दर्ता गराउने तयारी छ ।
उक्त समूहका नेता अनिल झाका अनुसार अहिले एकल अध्यात्मक प्रणालीमा पार्टी निर्माण गर्ने तयारी छ ।
प्रकाशित मिति: १३:५६ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

