सुुनको मूल्य दुई सय रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ घट्यो
काठमाडौं, भदौ २ : आज (बुधबार) सुनको मूल्य २ सय रुपैयाँले उकालो लागेको छ। आज छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार...
काठमाडौं, भदौ २ : आज (बुधबार) सुनको मूल्य २ सय रुपैयाँले उकालो लागेको छ। आज छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएके छ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यसैगरी मंगलबार प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोल २ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ।
आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले गिरावट आएका छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार १ हजार २ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रकाशित मिति: १३:५२ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1789386172.jpg)




