हुम्लास्थित चीनको सिमानामा स्थलगत अनुगमन
सिमकोट, भदौ २ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) ले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता...
सिमकोट, भदौ २ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) ले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ।
दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बिओपीले चीनको सिमानामा रहेको ४ नम्बर सीमास्तम्भमा पहिलो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ।
वर्षायाममा हिमपात नहुने र मौसम सफा हुने भएकाले पनि उच्च क्षेत्रमा चीनसँग जोडिएका सीमा क्षेत्रको सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको हिल्सा बिओपिका इन्चार्ज सुरज केसीले बताए।
खराब मौसमको कारण पटकपटक सीमा स्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बिओपी हिल्सा भने यतिखेर मौसम सफा रहकाले उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो।
सीमा सुरक्षाचौकी हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्ने नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको ४ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको हो।
उक्त सीमास्तम्भ ५ हजार २ सय ५० मिटर अग्लो स्थानमा रहेको छ। यसअघि पनि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी गेहेन्द्र भण्डारीको नेतृत्वको टोलीले साउन १९ याङ्जो भञ्ज्याङस्थित ३ नम्बर सीमास्तम्भमा पुगेर अनुगमन गरेको थियो।




-1789386172.jpg)




-1789386172.jpg)

