Kathmandu Press

हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको बेन्चमा 

काठमाडौं, भदौ २ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश...
हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको बेन्चमा 

काठमाडौं, भदौ २ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दाको पेशी तोकेका छन्।

सरकारले घिसिङलाई ल्याउन हटाएका हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूलाई चार वर्षका लागि नियुक्त गरेको भए पनि गैरकानूनी रुपमा हटाएको उनको जिकिर थियो।

उनले आफूलाई पुनःवहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। यसमा उनले अन्तरिम आदेश माग गरेका छन्। 

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय पछि साउन २७ मा घिसिङले नियुक्ति बुझेका थिए।

प्रकाशित मिति: ११:०२ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्