पहिराेले नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध
धादिङ, भदौ २ : त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ। सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग...
धादिङ, भदौ २ : त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको सिस्नेखोलामा पहिराे खस्दा राजमार्ग अवरुद्ध भएको छ। सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिइन्।
लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताइन्। सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।
प्रकाशित मिति: १०:१९ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

