कुलमानको नियुक्तिविरुद्ध परेको मुद्दामा आज सर्वाेच्च अदालतमा सुनुवाइ

काठमाडौं, भदौ २ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ।
सरकारले घिसिङलाई ल्याउन हटाएका हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूलाई चार वर्षका लागि नियुक्त गरेको भए पनि गैरकानूनी रुपमा हटाएको उनको जिकिर थियो।
उनले आफूलाई पुनःवहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। यसमा उनले अन्तरिम आदेश माग गरेका छन्। उनको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ।
साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय पछि साउन २७ मा घिसिङले नियुक्ति बुझेका थिए।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङको पदावधि थपेको थिएन। ओली सरकारले शाक्यलाई कार्यकारी अधिकृत नियुक्त गरेको थियो।




-1789386172.jpg)




-1789386172.jpg)

