Kathmandu Press

अफगानिस्तानबाट फर्किए थप ८७ नेपाली

काठमाडौं, भदौ २ : अफगानिस्तानको काबुलबाट थप ८७ जना नेपाली काठमाडौं पुगेका छन्।काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याइएका ८७ जनालाई गएराति ११ बजे काठमाडौं...
अफगानिस्तानबाट फर्किए थप ८७ नेपाली

काठमाडौं, भदौ २ : अफगानिस्तानको काबुलबाट थप ८७ जना नेपाली काठमाडौं पुगेका छन्।

काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याइएका ८७ जनालाई गएराति ११ बजे काठमाडौं पुगेका हुन्। जजिरा एयरमार्फत कुवेतबाट ८७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

यसअघि मंगलबार बिहान एक सय १८ जना नेपाली आएका थिए। उनीहरु अमेरिकी सरकारको बन्दोबस्तीमा स्वदेश फर्केका हुन्।

उनीहरु अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा कार्यरत थिए। त्यहाँ रहेका तीन सय ८५ जनामध्ये दुई सय पाँच जना नेपाल पुगेका छन्। अन्य नेपालीलाई पनि काबुलबाट उद्धार गरेर कतार पुर्याइएको छ। छिट्टै नेपाल पुग्ने जनाइएको छ।

काठमाडौं पुगेका सबैको कोरोना भाइरसको परीक्षण गरिएको छ। संक्रमण देखिएकालाई उपचारपछि मात्रै घर पठाइने भएको छ।

प्रकाशित मिति: ०७:३९ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्