Kathmandu Press

आज चीनबाट थप आठ लाख डोज खोप आउँदै

काठमाडौं, भदौ २ : चीनबाट कोरोना भाइरसविरुद्धको खोप भेरोसेल आज थप आठ लाख डोज काठमाडौं आइपुगन लागेको छ।नेपालले चीनसँग ६० लाख डोज खोप...
आज चीनबाट थप आठ लाख डोज खोप आउँदै

काठमाडौं, भदौ २ : चीनबाट कोरोना भाइरसविरुद्धको खोप भेरोसेल आज थप आठ लाख डोज काठमाडौं आइपुगन लागेको छ।

नेपालले चीनसँग ६० लाख डोज खोप खरीद गरेको छ। जसमध्ये आज आठ लाख डोज आउन लागेको हो।

त्यस्तै, भोलि पनि थप आठ लाख डोज खोप आउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागको व्यवस्थापन महाशाखाका बाँकी ४४ लाख डोज खोप दुई सातापछि आउने कार्यतालिका रहेको छ।

अब नियमित खोप आउने भएकाले अभाव नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले सबै नागरिकलाई आफ्नो पालो अनुसार खोप लगाउन अनुरोध गरेको छ।

त्यस्तै, यहि साता जापानबाट पनि खोप आउन लागेको छ। जापानले कोभ्याक्स सुविधामार्फत १६ लाख डोज दिएको थियो। त्यसमध्ये बाँकी रहेको सात लाख डोज खोप भदौ ५ र ७ गते आउने महाशाखाले जनाएको छ।

अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार तीन सय २० डोज एस्ट्राजेनेका गरी एक करोड आठ लाख ६० हजार एक सय ७० डोज खोप नेपाल आइसकेको छ।

प्रकाशित मिति: ०६:५३ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्