अफगानिस्तानबाट उद्धार गरेर कुवेत पुर्याइएका थप नेपाली मंगलबार राति काठमाडौं आइपुग्दै
काठमाडौं, भदौं १ : अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिकहरू आज राती काठमाडौं आइपुग्ने भएका छन् ।नेपाल सरकार, परराष्ट्र मन्त्रालय एक...
काठमाडौं, भदौं १ : अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिकहरू आज राती काठमाडौं आइपुग्ने भएका छन् ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालय एक बिज्ञप्ति जारी गर्दै उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिकहरू अर्को चार्टर विमानबाट आज राती काठमाडौं आइपुग्ने जानकारी गराएको छ । मन्त्रालयले उद्धार गर्ने कार्यमा संस्थागत रूपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिकलाई पठाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई समेत उद्धार प्रकृयामा सहयोग गर्न अनुरोध समेत गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ, ‘उद्धारको पर्खाइमा अफगानिस्तानमा रहनु भएका नेपालीहरूलाई उद्धार नहुँदा सम्म जो जहाँ रहनुभएको छ तोकिएको सम्पर्क नम्बरहरूमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालीहरूबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रूपमा रहन अनुरोध गरिन्छ।’
यस्तै, मित्रराष्ट्रहरुसंगको निरन्तर प्रयास र समन्वयमा आज ११८ जना नेपाली नागरिकहरू काठमाडौ आईपुगेको र आवश्यक प्रक्रिया पूरा गरी उनीहरुलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको पनि उल्लेख गरेको छ ।
यसरी सोही उडानबाट आएका ९ जना भारतीय नागरिकहरूलाई स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी काठमाडौंस्थित भारतीय दूतावासका पदाधिकारीलाई जिम्मा लगाइएको पनि मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।




-1789386172.jpg)




-1789386172.jpg)

