Kathmandu Press

‘जर्मनीले अफगानिस्तानका लागि विकास सहायता रोक्ने’

‘जर्मनीले अफगानिस्तानका लागि विकास सहायता रोक्ने’

बर्लिन, भदौ १ : जर्मनीले अफगानिस्तानका लागि विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। अफगानितानमा बीस बर्षपछि तालिबान फेरि सत्तामा पुगेपछि मङ्गलबार उक्त निर्णय भएको जर्मनीका विकास मन्त्री गर्द मुलरले बताएका हुन्।

‘परिवर्तित राजनीतिक अवस्थाका कारण जर्मनीले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोग केही समयको लागि निलम्बन गरिएको छ,’ विकास मन्त्री मुलरले जर्मन पत्रिका रिनिशा पोस्टसँगको अन्तरवार्तामा भने।

‘हामी अफगानिस्तानबाट जर्मनी फिर्ता हुन चाहने सबै स्थानीय विकास अधिकारीहरू र गैर–सरकारी संस्थाका कर्मचारीलाई अफगानिस्तानबाट फिर्ता गर्नका लागि द्रूत गतिमा काम गरिरहेका छौं।’

Hardik ivf

काबुलमा रहेका जर्मनहरूलाई सेनाको नेतृत्वमा उद्धार गर्ने अभियान जारी रहेको तर स्थलगत कठिन परिस्थितिका कारण काममा बाधा सिर्जना भएको उनले बताए।

अधिकारीहरूले मङ्गलबार एउटा जर्मन सैनिक विमानमार्फत् काबुलबाट सात जनालाई मात्र उद्धार गरिएको बिषयमा भने, ‘सयौं मानिसहरू जमिनमा पर्खिरहेका थिए तर  विमानस्थलमा सुरक्षाका सहयोगीहरुले यातायातमा पहुँच पु¥याउन नसक्दा उद्धारमा कठिनाई भएको छ।’  

जर्मनीले हालको उद्धार कार्यको दायरामा ‘सम्भव भएसम्म’ स्थानीय कर्मचारीहरूको उद्धार कार्य पूरा गर्ने प्रयास गरेको कुरा मुलरले उक्त पत्रिकालाई बताए। 

उनले भने, ‘हामी त्यसभन्दा अन्य विकल्पहरू पनि हेर्दैछौं।’

अफगानिस्तानको ठूला दातामध्ये एक जर्मनीले एक वर्षमा ४३० मिलियन यूरो (५०६ मिलियन अमेरिकी डलर) अफगानिस्तान पठाउने सहमति गरेको थियो।  उक्त रकम स्थानीय प्रहरी बलको तालिम, न्याय प्रणाली तथा महिलाको हक अधिकारलाई सूनिश्चित गर्न र भ्रष्टाचार विरुद्धको अभियानमा खर्चिने सहमति गरेको थियो। 

गत हप्ता बोल्दै जर्मन विदेश मन्त्री हेइको मासले अन्तर्राष्ट्रिय सहयोग बिना उक्त एशियाली मुलुक ‘सक्षम’ नहुने बताएका थिए।

‘तालिबानले सत्ताको पूर्ण नियन्त्रण लिएमा, शारिया कानुन लागू गरेमा र अफगानिस्तानलाई इस्लाम (क्यालिफेट) राज्य घोषणा गरेमा जर्मनीले त्यहाँ अब एक पैसा पठाउने छैनौं,’ मासले भने।

प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, भदौ १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्