Kathmandu Press

संसद बैठक स्थगनप्रति सत्तारुढ दलकै सांसदहरुको आपत्ति

काठमाडौं, असार ३० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले पनि प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएका छन्। 

....
संसद बैठक स्थगनप्रति सत्तारुढ दलकै सांसदहरुको आपत्ति

काठमाडौं, असार ३० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले पनि प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएका छन्। 

सत्तारुढ दलका यज्ञराज सुनुवार, विशालकुमार भट्टराईलगायतका सांसदहरुले मुलुक बाढी, पहिरो र डुबानबाट मुलुक आक्रान्त भइरहेका बेला समस्या समाधान गर्ने थलो प्रतिनिधिसभा बैठक स्थगित गरिएको भन्दै आपत्ति जनाएका हुन्।

सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेकपाका सांसद भट्टराईले तत्काल प्रतिनिधि सभा बैठक सुचारु गराउन सभामुख कृष्णबहादुर महरासँग माग गरे। 

अर्का सांसद यज्ञराज सुनुवारले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गर्ने काम गरिरहेकाले प्रतिनिधिसभा बैठक स्थगित गरिएको दाबी गर्दै आपत्ति जनाए। उनले प्रतिनिधिसभा बैठक अवरोध गरेर कांग्रेसले मुलुकमा विपत्ति आइपर्दा पनि संसदमा छलफल गर्ने वातावरण बनाउन नदिएको आरोप पनि लगाए।

सांसद सुनुवारले भूकम्पले ध्वस्त बनाएको मुलुकलाई अघि बढाउन दलहरु मिलेर अघि बढेजस्तै प्राकृतिक विपत्तिको यो बेला जनताको पीडालाई सम्बोधन गर्न दलहरुले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
 

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्