Kathmandu Press

७१ प्रतिशत बढीले राजस्व वृद्वि

रसुवा, भदौं १ : रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा ७१ दशमलव ४० प्रतिशत बढी राजस्व असुली गरेको छ। साउन महिनामा...
७१ प्रतिशत बढीले राजस्व वृद्वि

रसुवा, भदौं १ : रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा ७१ दशमलव ४० प्रतिशत बढी राजस्व असुली गरेको छ। 

साउन महिनामा ३७ करोड ४२ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले ६४ करोड १४ लाख ६३ हजार रुपैयाँ राजस्व असुली गरेको हो। आर्थिक वर्ष २०७७÷७८ को सोही अवधिमा २३ करोड ५९ लाख चार हजार रुपैयाँ राजस्व असुली भएको कार्यालयले जनाएको छ। 

चीनको गञ्जाउ, केरुङ हुँदै नेपाल आयात भएका सामग्रीको नियमानुसार लाग्ने भन्सार शुल्क, मूल्य अभिवृद्विकर एवं अन्तःशुल्क समेतका शीर्षकबाट उक्त राजस्व असुली भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।  

नेपालतर्फको निर्यात भने शून्य रहेको बताइएको छ। दैनिक सातदेखि नौवटा चिनियाँ ठूला कन्टेनरले रसुवागढीसम्म माल सामग्री पु¥याउने र क्वारेन्टिनमा बसेका नेपाली कामदार तथा चालकद्वारा आयातीत सामग्री पल्टी गर्ने व्यवस्था मिलाइएको छ। बढ्दो कोरोना सङ्क्रमण रोक्न स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्दै मितेरीपुलमा पल्टी गराइएका सामग्री परीक्षण एवं मूल्याङ्कनका लागि तीन किमी दक्षिण टिमुरेस्थित भन्सार हातामा ल्याउने गरिएको छ।

मितेरी पुलदेखि भन्सार हातासम्म क्वारेन्टिनमा बसेका चालकले मात्र सवारी साधन ओहोरदोहोर गराउने व्यवस्थान गराई रोगप्रति पूर्वसावधानी अपनाइएका कारण चिनियाँ सवारी चालक निर्धक्क साथ मितेरीपुल पुग्ने गरेको बताइएको छ। स्याउ, लसुन, अदुवा एवं स्वास्थ्यसम्बन्धी सामग्री तत्काल परीक्षण गराई गन्तव्यतर्फ पठाउने गरेको र अन्य सामग्री भन्सार हातामा प्रवेश गराई प्राथमिकताका आधारमा परीक्षण गर्ने गरिएको छ।

यस भन्सार नाकााबाट विशेषगरी विद्युत् उत्पादनका सामग्री, तयारी पोसाक, स्वास्थ्य सामग्री, बच्चाका खेलौना, थरमस, जुत्ताचप्पल, सवारी साधनलगायत विविध सामग्री आयात हुने गरेको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले बताए।

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्