Kathmandu Press

प्रधानमन्त्रीसँग वार्तापछि डा. केसीले स्थगित गरे अनसन

प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्तापछि डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्।
प्रधानमन्त्रीसँग वार्तापछि डा. केसीले स्थगित गरे अनसन

काठमाडौं, भदौ १ : प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्तापछि डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

प्रधानमन्त्री देउवा र डा. केसीबीच मंगलबार अपराह्न भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधामन्त्री देउवा र डा. केसीबीच भेटवार्ता भएको थियो ।

स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई पदबाट हटाउनुपर्नेलगायत पाँचबुँदे माग राख्दै डा. केसीले ३ भदौसम्मको अल्टिमेटम दिएका थिए । सोही विषयमा कुरा गर्न प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता भएको हो ।

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्