कोरियन भाषा परीक्षा उत्तीर्ण विद्यार्थीको सीप परीक्षणको मिति सर्यो
काठमाडौं, असार ३० : सन् २०१९ मा सञ्चालन भएको पहिलो चरणको कोरियन भाषा परीक्षा उत्तीर्ण भएका विद्यार्थीको दोस्रो चरणको सीप परीक्षणको मिति सरेको छ।....

काठमाडौं, असार ३० : सन् २०१९ मा सञ्चालन भएको पहिलो चरणको कोरियन भाषा परीक्षा उत्तीर्ण भएका विद्यार्थीको दोस्रो चरणको सीप परीक्षणको मिति सरेको छ।
तयारी नपुगेकाले सीप परीक्षणको मिति सारिएको इपिएस कार्यालयका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए। उनका अनुसार अब कात्तिक २७ सम्ममा दोस्रो चरणको कार्य र मिति तोकिने छ। यस्तै, मंसिर ४ गतेदेखि १९ सम्ममा सीप परिक्षण हुने र पुसको ४ गते नतिजा प्रकाशन गरिने ईपिएस कार्यालयले जनाएको छ।
यस वर्षको भाषा परीक्षामा १२ हजार ९ जना पास भएका छन्।
प्रकाशित मिति: १७:४१ बजे, सोमबार, असार ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











