Kathmandu Press

९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने

काठमाडौं, भदौ १ : सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद...
९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने

काठमाडौं, भदौ १ : सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ। 

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरसम्म खरिद गर्न पाउने छन्। गत जुलाइको अन्त्यसम्ममा संसारभरिका चार हजार ५०० भन्दा बढी लगानीकर्ताले सगुनको शेयर खरिद गरेका छन्। सगुनले अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिङ्गसँग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे रणनीति सहकार्यसम्बन्धी सम्झौता गरेको सहव्यवस्थापक कविन सिटौलाले जानकारी दिए। 

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालय रहेको जनाइएको छ। सगुन एप गुगल प्लेस्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने त्यसको प्ल्याट फर्ममा प्रयोगकर्ताले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्न स्क्छन् भने आफ्ना साथीसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट क्वाइन’ परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्ने व्यवस्था गरिएको छ। 
 

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्