माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको एमालेको पत्र संसद सचिवालय र निर्वाचन आयोगमा
एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरिएको पत्र संघीय संसद सचिवालय र निर्वाचन आयोगमा बुझाएको छ।
काठमाडौं, भदौ १ : एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरिएको पत्र संघीय संसद सचिवालय र निर्वाचन आयोगमा बुझाएको छ ।
पार्टी विभाजनतर्फ बढेको बताउँदै एमालेले उनीहरूलाई सांसद पदबाट मुक्त गराउन पत्राचार गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संघीय संसदलाई पठाइएको पत्रको बोधार्थ प्राप्त भएको जानकारी दिए ।
कारवाही गरिएकामा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव र कलिला खातुन छन् ।
एमाले सचेतक शान्ता चौधरीले उनीहरूलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्ने निर्णय भएको पुष्टि गरिन् ।
प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

