Kathmandu Press

यही सातामा सरकारले पूर्णता पाउँछः रामकृष्ण यादव

सत्तारुढ कांग्रेस नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले यही साताभित्र सरकारले पूर्णता पाउने बताएका छन्।
यही सातामा सरकारले पूर्णता पाउँछः रामकृष्ण यादव

काठमाडौं, भदौ १ : सत्तारुढ कांग्रेस नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले यही साताभित्र सरकारले पूर्णता पाउने बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा यादवले मंगलबार मन्त्रिपरिषद् विस्तारबारे व्यापक छलफल भइरहेको जानकारी दिए ।

‘मन्त्रिपरिषद् विस्तार यही साताभित्र हुन्छ । त्यसका लागि व्यापक छलफल भइरहेको छ,’ उनले भने, ‘गठबन्धनका नेताहरूसँग प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर छलफल गरिरहनुभएको छ । मलाई लाग्छ, यो साताभित्र सरकारले पूर्णता पाउँछ ।’

यस्तै, अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने काम थालनी भइसकेको उनले बताए । ‘अफगानिस्तानमा रहेका नेपाली नागरिक भयभित भएका छन् । नेपाल सरकारले कूटनीतिक पहल र दूतावासको माध्यमबाट उद्धार पनि गरेको छ,’ उनले भने, ‘त्यहाँ अड्किएका नागरिकलाई उद्धार गरेर सरकारले स्वदेश फर्काउँछ । अविलम्ब नेपाल सरकारले आफ्ना नागरिकको उद्धार गर्छ । सरकार नेपाली नागरिकको उद्धारका लागि अहिले सक्रियतापूर्वक लागेको छ । मलाई विश्वास छ, यो सरकारले आफ्ना नागरिकलाई उद्धार गरिछाड्छ ।’

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्