Kathmandu Press

सातै प्रदेशमा १९ अक्सिजन ट्यांक र १६७० कन्सन्ट्रेटर वितरण गर्दै सरकार

सरकारले सातवटै प्रदेशमा गरी १९ वटा अक्सिजन ट्यांक र एक हजार सात सय ७० अक्सिजन कन्सन्ट्रेटर वितरण गर्ने भएको छ।
सातै प्रदेशमा १९ अक्सिजन ट्यांक र १६७० कन्सन्ट्रेटर वितरण गर्दै सरकार

काठमाडौं, भदौ १ : सरकारले सातवटै प्रदेशमा गरी १९ वटा अक्सिजन ट्यांक र एक हजार सात सय ७० अक्सिजन कन्सन्ट्रेटर वितरण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।

कोभिड-१९ को उपचार सेवा विस्तारका लागि उक्त तयारी गरिएको राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।

उनका अनुसार सबै प्रदेशमा गरी सात हजार नौ सय ८४ आइसोलेसन बेड, तीन हजार दुई सय ३४ वटा एचडीयू बेड, दुई सय सात सय ३३ वटा आईसीयू बेड, एक हजार ३६ भेन्टिलेटर, ७४ वटा ओटू प्लान्ट, चार हजार ५३ प्रोडक्सन क्यापासिटी पु¥याइँदैछ ।

‘कोभिड-१९ को उपचार सेवा विस्तारमा हामीले ध्यान केन्द्रित गरेका छौँ । कोभिड-१९ को उपचार सेवा विस्तारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबैलाई हार्दिक धन्यवाद,’ राज्यमन्त्री श्रेष्ठले लेखेका छन्, ‘आगामी दिनमा हामीले सातै प्रदेशमा गरी १९ अक्सिजन ट्यांक र १६७० अक्सिजन कन्सन्ट्रेटर वितरण गर्दैछौँ ।’

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्