संसद बैठक स्थगन गरेकोमा प्रमुख प्रतिपक्षी कांग्रेसको आपत्ति
काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक साउन ८ गतेसम्मका लागि स्थगित गरिएको भन्दै आपत्ति जनाएको छ।
क....
काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक साउन ८ गतेसम्मका लागि स्थगित गरिएको भन्दै आपत्ति जनाएको छ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन्।
उनले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढनुपर्नेमा प्रतिनिधिसभा बैठक नै स्थगित गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप पनि लगाए। सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले बाढी, पहिरो र डुबान पीडितका पक्षमा संसदमा पनि छलफल गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा विरोध जनाए।
‘विपत्तिका बेला सिंगो संसद एकतावद्ध भएर अघि बढ्न कांग्रेसले सो विषयमा छलफल गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो। तर सरकारले राष्ट्रिय संकटमा बेलामा पनि सो विषयमा संसदमा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो,’ देउवाले भने।
सभापति देउवाले राष्ट्रिय संकटमा बेला संसद बैठकमा छलफल गर्ने संचारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दाबी गरे।






