Kathmandu Press

दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन एमालेको आग्रह

एमाले स्थायी समिति बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश नल्याउन सरकारसँग आग्रह गरेको छ।
दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन एमालेको आग्रह
फाइल तस्बिर

काठमाडौं, भदौ १ : एमाले स्थायी समिति बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश नल्याउन सरकारसँग आग्रह गरेको छ ।

दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याइएमा प्रतिवाद गर्ने एमालेको भनाइ छ ।

सोमबार मध्यरातदेखि संघीय संसदको अधिवेशन अन्त्य गरेर सरकारले उक्त अध्यादेश ल्याउन लागेको दाबी एमालेले गरेको छ ।

अध्यादेश ल्याइएमा शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारकर्मीहरूसँग बताए ।
 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्