सिंहदरबारमा माधव नेपाल समूहको बैठक जारी
सिंहदरबारस्थित संघीय संसद् सचिवालय भवनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक जारी छ ।
काठमाडौं, भदौ १ : सिंहदरबारस्थित संघीय संसद् सचिवालय भवनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक जारी छ ।
बैठकमा नेता नेपालले सम्बोधन गरिरहेको एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार बैठकमा नेपाल पक्षका सांसदहरू पनि सहभागी छन् ।
वरिष्ठ नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रम र एमालेमा एकताको टाढिँदो सम्भावनाबारे सम्बोधन गरिरहेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।
एकताको सम्भावना नरहँदा दल विभाजनमा अगाडि बढ्नुपर्ने परिस्थितिबारे छलफल हुने उनले बताए ।
प्रकाशित मिति: १३:१० बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

