Kathmandu Press

लुम्बिनीका दुई सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा एमालेको पत्र

एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी दुई सांसदलाई पदमुक्त प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।
लुम्बिनीका दुई सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा एमालेको पत्र

काठमाडौं, भदौ १ : एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी दुई सांसदलाई पदमुक्त प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ ।

एमालेका मुख्यसचेत भूमिश्वर ढकालले पत्र पठाएका हुन् । आफ्नो सूर्य चिह्न लिएर निर्वाचित अजय शाही र विमला वलीले पार्टी र संसदीय दलको विधान, नियम र पार्टी निर्देशनविपरीत गतिविधि गरेको दाबी पत्रमा गरिएको छ ।

शाही प्रदेशसभामा सूर्य चिह्न लिएर नवलपरासीको क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित भएका थिए। यस्तै, वली ०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाका तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित भएकी थिइन्।

दुवैजनाले आफूहरू स्वतन्त्र सांसद भएकाले एमालेको ह्विप नलाग्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्