जसपा केन्द्रीय समिति बैठक डिल्लीबजारमा
पार्टी कार्यालयमा सबै केन्द्रीय सदस्यलाई अटाउन सम्भव नभएकाले डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको एक केन्द्रीय कार्यकारिणी सदस्यले जानकारी दिए।
काठमाडौं, भदौ १ : जसपा केन्द्रीय समिति बैठक काठमाडौं डिल्लीबजारमा जारी छ।
पार्टी कार्यालयमा सबै केन्द्रीय सदस्यलाई अटाउन सम्भव नभएकाले डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको एक केन्द्रीय कार्यकारिणी सदस्यले जानकारी दिए ।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाबारे प्रतिवेदन पेश गर्नेछन्। र, त्यसमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन्।
बैठकमा पार्टी संगठनको सुदृढीकरण र जनजागरणका लागि चारमहिने अभियान प्रस्ताव गर्ने तय भएको छ । जसपाले वरिष्ठ नेता अशोक राईलाई अभियानको संयोजक तोकेको छ ।
जसपामा आठ सय एकजना केन्द्रीय सदस्य छन् । तीमध्ये ६ सयजनाभन्दा बढी आफ्नो पक्षमा रहेको यादव पक्षले बताएको छ । निर्वाचन आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता प्रदान गरेको छ ।
प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

