प्रदेश–२ प्रमुख झा पदमुक्त, मिश्र नियुक्त
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरी हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो।
काठमाडौं, भदौ १ : प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो।
संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

