काबुलबाट आएका नेपालीको विमानस्थलमा कोरोना परीक्षण
काठमाडौं, भदौ १ : अफगानिस्ताको काबुलबाट काठमाडौं आइपुगेका १२७ जना नेपालीको विमानस्थलमा कोरोना परीक्षण थालिएको छ।मंगलबार बिहान जजिरा एअरलाइन्समार्फत उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको...
काठमाडौं, भदौ १ : अफगानिस्ताको काबुलबाट काठमाडौं आइपुगेका १२७ जना नेपालीको विमानस्थलमा कोरोना परीक्षण थालिएको छ।
मंगलबार बिहान जजिरा एअरलाइन्समार्फत उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
विमानस्थलमा अवतरण गरेसँगै उनीहरुको कोरोना परीक्षण सुरु गरिएको छ। एन्टिजेन विधीबाट उनीहरुको कोरोना परीक्षण भइरहेको हो।
नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा लिने छ। स्वास्थ्य परीक्षणपछि उनीहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ।
विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ। तालिबानले सत्ता कब्जा जमाएसँगै त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका हुन्।
प्रकाशित मिति: ११:३० बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

