अफगानिस्तानको काबुलबाट ११८ नेपाली स्वदेश आइपुगे
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो।
काठमाडौं, भदौ १ : अफगानिस्तानको काबुलबाट १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर विमानमा उनीहरू मंगलबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो। उनीहरूलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थल लगी त्यहाँबाट नेपाल ल्याइएको हो।
दोहामा रहेका अन्य नेपाली सुरक्षागार्डलाई पनि क्रमशः उद्धार गरेर ल्याउने तयारी रहेको बताइएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ । विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ।
प्रकाशित मिति: १०:५२ बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

