काठमाडौं, असार ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने बता...." />काठमाडौं, असार ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने बता...." />काठमाडौं, असार ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने बता....">
Kathmandu Press

सञ्चार उद्यमीहरुलाई सञ्चारमन्त्री बाँस्कोटाले भने–आतंकवादलाई हेर्ने दृष्टिकोण के हो प्रष्ट पार्नुस्

काठमाडौं, असार ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने बता....

सञ्चार उद्यमीहरुलाई सञ्चारमन्त्री बाँस्कोटाले भने–आतंकवादलाई हेर्ने दृष्टिकोण के हो प्रष्ट पार्नुस्

काठमाडौं, असार ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार गर्नै नसकिने बताएका हुन्।

सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तर्क्रियामा उनले एउटै सञ्चारमाध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिए। 

मन्त्री बाँस्कोटाले सञ्चारमाध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चारमाध्यमबाट आउन थालेकोमा मन्त्री बाँस्कोटाको आपत्ति छ।

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने पनि बताए। उनले सञ्चारमाध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए।
 

प्रकाशित मिति: १५:३० बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्