Kathmandu Press

ओलीले बोलाए स्थायी कमिटी र संसदीय दलको बैठक

काठमाडौं, भदौ १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन्।सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमाले...
ओलीले बोलाए स्थायी कमिटी र संसदीय दलको बैठक

काठमाडौं, भदौ १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन्।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमाले अध्यक्ष ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको हुन्। स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे तुलसीलाल स्मृति भवनमा बस्ने र आजै अपरान्ह ३ बजे बानेश्वरमा संसदीय दलको बैठक बस्ने भएको छ।

सोमबार अबेर रातिसम्म एमाले अध्यक्ष ओलीको निवास बालकोटमा नेताहरूबीच अनौपचारिक कुराकानी भएपछि स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निष्कर्ष निकालिएको थियो।

एमाले अध्यक्ष ओलीले सोमबार साँझ वक्तव्य जारी गर्दै सरकारले हठात प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोमा विरोध जनाएका छन्। उनले एमाले विभाजन गर्न अध्यादेश ल्याउने उद्देश्यले संसद् अधिवेशन अन्त्य गरिएको आरोप लगाएका छन्।

आज बस्ने स्थायी कमिटी र संसदीय दलको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०७:५५ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्