Kathmandu Press

दोस्रो टेस्टमा इंग्ल्यान्डमाथि भारतको सानदार जित

काठमाडौं, भदौ १ : इंग्ल्यानड भ्रमणमा रहेको भारतले दोस्रो टेस्टमा सानदार जित निकालेको छ।लड्समा सोमबार सम्पन्न दोस्रो टेस्टको अन्तिम दिन मोहम्मद सामी र...
दोस्रो टेस्टमा इंग्ल्यान्डमाथि भारतको सानदार जित

काठमाडौं, भदौ १ : इंग्ल्यानड भ्रमणमा रहेको भारतले दोस्रो टेस्टमा सानदार जित निकालेको छ।

लड्समा सोमबार सम्पन्न दोस्रो टेस्टको अन्तिम दिन मोहम्मद सामी र जस्प्रित बुमराहले ब्याटिङ तथा मोहम्मद सिराजले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डमाथि १५५ रनको जित निकाल्यो। यो जितसँगै भारतले ५ खेलको टेस्ट सिरिजमा १–० को अग्रता लिएको छ। वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो।

भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५१.५ ओभरमा १२० रनमै अलआउट भयो। इंग्ल्यान्डका लागि कप्तान जो रुटले सर्वाधिक ३३ रन बनाउँदा जोस बट्लरले २५ र मोइन अलीले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका मोहम्मद सिरिजाले १०.५ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए भने बुमरामले ३ र इशान्त शर्माले २ विकेट लिए।

यसअघि आठौं विकेटका लागि सामी र बुमराहले नटआउट ८९ रनको साझेदारी गरेपछि भारतले २९८–८ मा इनिङ समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २७२ रनको राम्रो लक्ष्य दिएको थियो। सामीले ७० बलमा ५६ रन बनाउँदा बुमराहले ६४ बलमा ३४ रन बनाए।

दोस्रो इनिङमा भारतका लागि अजिन्के रहाणेले सर्वाधिक ६१ रन बनाउँदा चेतेश्वर पुजाराले ४५ रनको योगदान दिए। इंग्ल्यान्डका मार्क उडले ३ तथा ओली रोबिन्सन र मोइन अलीले समान २/२ विकेट लिए।

यसअघि भारतले पहिलो इनिङमा ३६४ रन बनाएको थियो। उसका लागि राहुलले १२८ रन बनाए भने रोहित शर्माले ८३, कप्तान विराट कोहलीले ४२ र रविन्द्र जडेलाले ४० रन बनाए। इंग्ल्यान्डका जेम्स एन्डरसनले ५ तथा रोबिन्सन र उडले समान २/२ विकेट लिए।

कप्तान जो रुटले नटआउट १८० रन बनाएपछि इंग्ल्यान्डले पहिलो इनिङमा ३९१ रन बनाएको थियो। रुटका अलावा जोनी बेइस्टोले ५७ र रोए बुर्नसले ४९ रन बनाए। भारतका सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए।

प्रकाशित मिति: ०६:३९ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्