गण्डकी प्रदेशमा थप १० जनाको मृत्यु
काठमाडौं, साउन ३२ : गण्डकी प्रदेशमा थप ६५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनामा गरिएको...
काठमाडौं, साउन ३२ : गण्डकी प्रदेशमा थप ६५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनामा गरिएको नमूना परीक्षणमा ६५६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६४ महिला र २९२ जना पुरुष रहेका छन् । सोमबार गण्डकीमा संक्रमितको संख्या उच्च रुपमा वृद्धि भएको छ ।
आइतबार प्रदेशमा जम्मा ३८० जना संक्रमित भेटिएकोमा सोमबार ६५६ जनामा संक्रमण देखिएको हो । प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम तनहुँमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार कास्की २३१ बागलुङ ९०, स्याङ्जा ५१, म्याग्दी १४, पर्वत ७, गोरखा १६१, लमजुङ १४ तनहुँमा ६ र नवलपुरमा ४२ जनामा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६ हजार ३४२ पुगेको छ । यस्तै, गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ जना पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म ६८ हजार ९७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६१६ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १६८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




-1789386172.jpg)






