ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
अध्यक्ष उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
काठमाडौं, साउन ३२ : अध्यक्ष उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
त्यसविरुद्ध महन्थ ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश नहुने निर्णय दिएको हो ।
त्यससँगै आयोगको निर्णय कायम रहेको छ । अन्तरिम आदेशमार्फत यादव पक्षबाट आधिकारिकता खोस्ने महन्थ पक्षको प्रयास पनि असफल भएको छ ।
प्रकाशित मिति: १८:०९ बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

