Kathmandu Press

निगुरोको तरकारी खाँदा दुई बालबालिकाको मृत्यु, दुई सिकिस्त

अछाम, असार ३० : निगुरोको तरकारी खाँदा अछाममा दुई बालबालिकाको मृत्यु भएको छ भने दुई बिरामी परेका छन्। उनीहरू सिकिस्त रहेको प्रहरीले जनाएको छ।

निगुरोको तरकारी खाँदा दुई बालबालिकाको मृत्यु, दुई सिकिस्त

अछाम, असार ३० : निगुरोको तरकारी खाँदा अछाममा दुई बालबालिकाको मृत्यु भएको छ भने दुई बिरामी परेका छन्। उनीहरू सिकिस्त रहेको प्रहरीले जनाएको छ।

निगुरो खाँदा रामारोशन गाउँपालिका–५ मा निगुरो खाएर ११ वर्षीय रमेश बोहोरा र उनकी बहिनी ६ वर्षीया मनिषा बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। निगुरो खाँदा रमेशका बाजे ६४ वर्षीय धनजित बोहोरा र आमा नरपता बोहरा बिरामी परेका छन्।

दुवै जना सिकिस्त रहेको प्रहरीले जनाएको छ। धनजितलाई अछामस्थित बयलपाटा अस्पताल ल्याउन लागिएको छ। त्यस्तै, नरपताको भने बयलपाटा अस्पतालमा उपचार हुन सकेको छैन। उनलाई नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ।

उनीहरूले रामारोशनको बण्डबाट निगुरो टिपेर ल्याएका थिए। असार २८ गते निगुरोको तरकारी पकाएर खाएको स्थानीय उमेश बोहोराले बताए। खाना खाएपछि वाकवाकी लाग्ने, पेट दुख्ने गर्न थालेको उनको भनाइ छ।

हिजो चारै जना सिकिस्त भएका थिए। गाउँमा स्वास्थ्य संस्था नहुँदा तत्काल उपचार गर्न नसकिएको उनले बताए। उनीहरूलाई हिजै अस्पताल ल्याइएको थियो। मनिषाको हिजो दिउसो घरमै मृत्यु भएको स्थानीय बासिन्दाले बताए। रमेशको भने उपचारका क्रममा हिजो राति १० बजे बलयपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी जनक शाहीले बताए। स्थानीय र घरपरिवारलाई सोधपुछ गर्दा निगुरोबाहेक अरु बाहिरको केही खानेकुरा नखाएको पाइएको उनले बताए।

दुवै बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने डीएसपी शाहीले बताए।

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, असार ३०, २०७६