Kathmandu Press

काठमाडौं उपत्यकामा ९६१ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु

काठमाडौं, साउन ३२ पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा...
काठमाडौं उपत्यकामा ९६१ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु

काठमाडौं, साउन ३२ पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी भक्तपुरमा १ सय १७ र ललितपुरमा १ सय ६७ जना कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लोपटक थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ४५ पुगेको छ। जसमध्ये काठमाडौंमा ८ हजार १ सय २३, भक्तपुरमा १ हजार ४ सय ०५ जना र ललितपुरमा २ हजार १७ रहेका छन्।

उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ र भक्तपुरमा २ गरी ५ जनाको मृत्यु भएको छ।

योसहित उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१ पुगेको छ। जसमध्ये काठमाडौंमा २ हजार १९, भक्तपुरमा ४ सय २ जना र ललितपुरमा ६ सय २० रहेका छन्।

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्