थपिए ३४५१ संक्रमित, २४५८ जना संक्रमणमुक्त, ३५ को मृत्यु
१० हजार ९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, साउन ३२ : पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्।
१० हजार ९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो समय थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार ८ सय ५३ पुगेको छ।
सोही अवधिमा २ हजार ४ सय ५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८५ हजार १ सय ४० पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण ३५ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार ६३ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ३५ जना संस्थागत आइसोलेसनमा छन्।
कोरोनाका सक्रिय संक्रमितमध्ये ७ सय ९५ जनाको आइसीयुर १ सय ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।




-1789386172.jpg)




-1789386172.jpg)

