Kathmandu Press

भारतमा कोरोना सङ्क्रमितको संख्यामा उल्लेख्य कमी

नयाँ दिल्ली, साउन ३२ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ।     सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा...
भारतमा कोरोना सङ्क्रमितको संख्यामा उल्लेख्य कमी

नयाँ दिल्ली, साउन ३२ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ। 
    
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ सङ्क्रमित थपिएका छन्। 

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ। त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ। 

Hardik ivf

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८१ हजार ९४७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जनाएको छ। यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन्। 

सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१८ प्रतिशत हो।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख २५ हजार ५१३ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३५ हजार ९०९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १४ लाख ११ हजार ९२४ पुगेको छ। कूल सङ्क्रमितमध्ये ९७।४८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्।  

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ३१ हजार ६४२ रहेको छ भने तीमध्ये ४१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। 

यही अगस्त १५ सम्ममा भारतमा ४९ करोड ४८ लाख पाँच हजार ६५२ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। तीमध्ये ११ लाख ८१ हजार २१२ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो। 

प्रकाशित मिति: १६:२७ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्