आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने
काठमाडौं, साउन ३२ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन्।मन्त्रिपरिषदको सोमबार बिहान बसेका बैठकले गरेको सिफरिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको...
काठमाडौं, साउन ३२ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन्।
मन्त्रिपरिषदको सोमबार बिहान बसेकाे बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्।
सरकारले आजै राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यका लागि संसदलाई पठाएको पत्र सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाए।
सर्वोच्च अदालतले असार २८ गते पुनर्स्थापना गरेको संसदको पहिलो बैठक साउन ३ गते बसेको थियो। त्यसयता २९ दिन अधिवेशन चल्याे।
प्रकाशित मिति: १६:१० बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

