Kathmandu Press

‘सगरमाथा संवाद’मा सहभागी हुन प्रधानमन्त्रीओलीले दिए वैज्ञानिकहरूलाई निम्तो

काठमाडौं, असार ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनसम्बन्धी छलफलका लागि आयोजना गरिने ‘सगरमाथा संवाद’मा सहभागिताका लागि वैज्....

‘सगरमाथा संवाद’मा सहभागी हुन प्रधानमन्त्रीओलीले दिए वैज्ञानिकहरूलाई निम्तो

काठमाडौं, असार ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनसम्बन्धी छलफलका लागि आयोजना गरिने ‘सगरमाथा संवाद’मा सहभागिताका लागि वैज्ञानिकहरूलाई निम्तो दिएका छन्। 

सोमबार काठमाडौंमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निम्तो दिएका हुन्। उनले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने योजना अघि सार्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यक्ता रहेको पनि बताए।विकसित राष्ट्रहरूको कार्बन उत्सर्जनका कारण अतिकम विकसित राष्ट्रहरू पनि जलवायु परिवर्तनको मारमा परेको प्रधानमन्त्री ओलीले स्मरण गराए।

सम्मेलनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा ‌ओली।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालले आगामी मार्च महिनामा जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय सगरमाथा संवाद कार्यक्रम आयोजना गर्दैछ। त्यसमा सहभागी हुन पनि वैज्ञानिकहरुलाई आग्रह गर्दछु।’ सम्मेलनमा जलवायु परिवर्तनले पारेका नकारात्मक असर न्यूनिकरणसम्बन्धी ठोस योजना तय गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले पारेका नकारात्मक असरलाई न्यूनिकरण गर्न पर्वतीय मुलुकहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले सरकारले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न अन्तर्राष्ट्रिय संघ, संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको पनि बताए।

वन तथा वातवरण मन्त्रालय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को संयुक्त आयोजनामा सुरू भएको सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत हिन्दुकुश हिमालय क्षेत्रका नीति, निर्माता तथा अनुसन्धानकर्मीहरुको सहभागि भएका छन्।

प्रकाशित मिति: १४:०० बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्