Kathmandu Press

मलेसियाका प्रधानमन्त्री यासिनले दिए राजीनामा

क्वालालम्पुर, साउन ३२ : मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिउका छन्। विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष...
मलेसियाका प्रधानमन्त्री यासिनले दिए राजीनामा

क्वालालम्पुर, साउन ३२ : मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिउका छन्। 

विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन्। 

उनले सोमबार सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन्, ‘हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ।’ राजा अब्दुल्लाहले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन्।

राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिएका छन्। 

मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनुपरेको हो। ‘प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्न हुँदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौं,’ विदेशमन्त्री हिशाम्मुद्धिन हुसेनले लेखेका छन्। 

सामाजिक सञ्जालमा उनले राजीनामाका विषयलाई जनता र देशप्रतिको माया र जिम्मेवारी बोधका रुपमा समेत व्याख्या गरेका छन्।

गत वर्षको मार्चमा उनी झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। तर सत्तारुढ गठबन्धनकै एउटा दलका नेताहरुले समर्थन फिर्ता लिएपछि उनी अहिले अल्पमतमा परेका हुन्।

प्रकाशित मिति: १५:२७ बजे, सोमबार, साउन ३२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्