Kathmandu Press

स्वास्थ्य मन्त्रालयले भन्याे : खोप लगाएहरूको प्रमाणपत्रकाे शुल्क नलिनू

काठमाडौं, साउन ३२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले...
स्वास्थ्य मन्त्रालयले भन्याे : खोप लगाएहरूको प्रमाणपत्रकाे शुल्क नलिनू

काठमाडौं, साउन ३२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । 

केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। 

विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड-१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनुपरेको गुनासा प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएकोे र शुल्क लिनेउपर कडा कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्