ठाकुरको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुने
काठमाडौं, साउन ३२ : जनता समावजादी पार्टी (जसपा) को आधिकारिकताका सम्बन्धमा निर्वाचन आयोद्वारा गरिएको निर्णयविरुद्ध नेता महन्थ ठाकुरले सार्वोच्च अदालतमा दायर गरेको रिटमाथि...
काठमाडौं, साउन ३२ : जनता समावजादी पार्टी (जसपा) को आधिकारिकताका सम्बन्धमा निर्वाचन आयोद्वारा गरिएको निर्णयविरुद्ध नेता महन्थ ठाकुरले सार्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज (सोमबार) सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय दीपकुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासलमा उनको रिटको सुनुवाइका लागि पेसी तोकिएको हो। साउन ११ गते निर्वाचन आयोगले ‘हेड काउन्ट’का आधारमा कार्यकारिणी समितिको बहुमत पुर्याउने उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने फैसला गरेको थियो।
हेरफेर गरिएको कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता नदिएर आफूहरूमाथि अन्याय गरेको भन्दै ठाकुरले रिट दायर गरेका हुन्। उनले निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने माग गरेका छन्।
प्रकाशित मिति: १४:१७ बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

