Kathmandu Press

बाढीपहिरोका कारण प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, असार ३० : प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ।

सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगि....

बाढीपहिरोका कारण प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, असार ३० : प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ।

सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो। संघीय संसद सचिवालयले सोमबार सूचना प्रकाशित गरी बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ–आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएकाले बैठक ८ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै असार २४ गते मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए। असार २५ गते बुधबारका दिन नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गरेका थिए।

सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान २३ औं विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएपछि कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरेका थिए।

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्